ईन्सुरेन्स कम्पनीको एउटा कन्भेन्सनमा म पछील्तीरको बोन्चमा थिएँ।'हाई' भन्ने अर्थमा अघीबाट चिंनैझैं गरी एउटा हात हल्लीयो। मैले पछी बस्ने कसैलाई बोलाईएको होला भनी वास्ता गरीन।दुई मिनेट नवित्दै फेरी अघिबाट उही हात हल्लीयो र चोर औंलाका ईशाराले भन्यो— हैन, मैले यहाँलाई नै बोलाएको हो ।
“मलाई?” म छक्क
परें।तिनसय जना जती अँट्ने उक्त हलको कन्भेन्सनमा गएर बसेको मात्र छु।अघिबाट यसरी
हात हल्लीन्छ भन्ने मेरो अपेक्षा थिएन।प्रोफेशनल कोट प्यन्टमा सजीएका वरबाट हेर्दा
उस्तै देखीने भिंडको त्यो हात कुन हुनसक्छ। यति धेरै नयाँ अनुहारका बिच मलाई
चिन्नेको रहेछ..?
यती चाँडो, त्यती एक्कोस परबाट कस्ले चिन्यो होला? अरु नै कुनै एशियन म जस्तो लागेर होकी? मन भरी कौतुहल्ता बोकेर,प्रती उतरमा मैले पनि हात हल्लाएँ।तर बिचमा मान्छेको ओहोर
दोहोर भयो।उक्त अनुहार, हात सम्पूर्णमा—
एउटा परिचीत जस्तो मान्छे छेलीयो।
लगत्तै कार्यक्रम
संचालकले स्टेजबाट प्रोग्राम सुरु हुने, सबै सिटमा बस्न
अनुरोध सहित औपचारीकता प्रस्तुत गरे।सबैको ध्यान स्टेज तिर केन्द्रीत भयो । मेरो
भने कल्पनाको आकाश उडी रह्यो। ईन्सुरेन्सको व्यवसायमा तिस वर्ष देखी काम गरी रहेको
स्टिभ विलीयम्स अघिबाट भन्दै थिए— “ग्राहकका अघी कसरी प्रस्तुत हुने? कसरी प्रोडक्ट बेच्न?हाम्रा लागी यि कुरा मुख्य कुरा रहन्छन्।“
हाल मेरो लागी मुख्य कुरा
अरु नै भई रहेको थियो।सोचें क्यालीफोर्नीयाँको लस एन्जलस, यो सयौंको भिँड, म एक्लो नेपाली
हुँला फेरी मलाई चिन्नेको होला ?सम्भवत: त्यी
व्यक्ती नै झुक्कीए।उही समय यस्तो पनि लाग्छ— नभए हात किन हल्लीन्थ्यो? किन तोकीएरै ईशारा गरीन्थ्यो? मन भरी कुरा उम्ली रह्यो।
झण्डै चार घण्टा पछि प्रोग्राम
लन्चका लागी आधा घण्टा रोक्कीयो।खाली पेट भर्न मान्छेहरु ओहोर दोहोर गर्न
थाले।यतीकैमा एउटा परीचीत जस्तो देखीने अनुहार मेरो नजीक आएर ठिंग उभीयो।
“नवीन तँ?” नवीन मेरो बच्चै देखीको क्लास मेड, म छक्क परें।अघील्तीरबाट हात हल्लाउने तैं होस्
! म कुन प्रोडक बेच्ने ? कस्तो ग्राहक
समात्ने ति सबै हटाएर उसलाई सोध्छु।
“हो” नविनले मुस्कुराउँदै
भन्यो!
"उस्तै छ केट्टो ! ऊ
आफ्नो पुरानै शैलीमा मेरो बनावटी हेर्दै बोल्यो। “देखीन्नस् त, आज भोली कहाँ छस्?" मैले प्रश्न राखें। न्युयोर्क, जागीरको शिलसीलाले बँसाई सरेको छु! हो र..।आश्चर्य
मान्दै म उसलाई हेर्छु।
“तँलाई थाहा थिएन”?
“थाहा भए सोध्ने थिएँ” मैले
पुन: जिस्कने प्रयास गरें।यस विच मैले उसको कालो कपाल देखी कालै जुत्ता सम्म हेरी
सकेको थिएँ।उसमा शाररीक कुनै परिवर्तन थिएन।
“तँ पनि विल्कुल उस्तै छस्।“ नविनले मेरै डाईलग
फर्कायो। हाहा ....दुवै हाँस्यौं। “आफ्नो ?” ऊ मेरो हाल सोध्छ, मेरो पनि त्यही हो—केही हुन्छ कि भन्ने आशामा
घुम्दै छु।यो त पार्टाईम हो, असली जागीरले
ज्यान खाई रहेछ यार।
तेरो बसाई पेन्सीलभेनीयाँ
नि।मुसुक्क,हाँस्दै ऊ बोल्छ।म नयाँ
विषय उठाउँदै— विहेको कुरा सोधौं भने अचेल त्यो पर्सनल कुरा, नसोधेको भए पनि हुन्थ्यो भन्ने अपेक्षा गरीन्छ।र म सोध्ने
आँट पनि गर्दिन। कि अझै हण्टीङ गर्दै छस्? उसको भाषामा केटी पट्याउनुलाई हण्टीङ भनिन्थ्यो।
यो उसको सिक्रेट कोड।मैले त्यही कोड प्रयोग गरें।
“छैन यार, त्यस्तो बानी छाडी सकें।” मैलो थिएन र पनि कोटको
एक छेउ हातले पुस्दै ऊ बोल्छ।सायद उसलाई यो कुरा गर्न अफ्ठ्यारो पनि लागेको हुन
सक्ने मैले अनुमान गरें।
पेट भोकाएको थियो।त्यसैले
दुवै हलवेबाट लवि हुँदै होटेलको देब्रेसाईडको डाईनीगं रुम पुग्यौं। “भन्न त सबै
हन्टरले त्यसै भन्छन्...फेरी हेर्दा पनि सरिफ नै देखीन्छस्” अलि सहज वातावरण तयार
गर्दै म बोलें।
“साँच्चै यार- प्रोमीस्।“ मैले उसको प्रोमिस कति
पत्याउने,
कति नपत्याउने लेखा जोखा
पनि गर्न थालीन। एस्क्युज अस, भन्दै विचबाट
सुन्दर अमेरीकन केटीहरु टकSS टकSS हिल बजाउँदै गए।मैले
पुलुक्क फर्कीएर हेरें तर उसले वास्तै गरेन। “विवाहीत मान्छेले के हेर्नु?” मेरो कोर्से आँखालाई उसले व्यङ्ग गर्यो।
“हेरेको मात्र त हो नी!
छोएको हैन क्यारे।” म टाई मिलाउँदै बोल्छु।नविन मुसुक्क हाँस्दै बोल्छ- “भाउजुलाई
सुनाई दिन्छु, अनी थाहा होला। ऊ मेरो
हेराईमा गलत हो भनी कमेन्ट गरी रहेको थियो।तर उसलाई भने त्यस वातालरणले अलिकती पनि
असर पारे जस्तो देखीन्नथ्यो।
साँच्चै के भएर परिवर्तन
भएछ,यो केटो? कसरी सुद्रीएछ? मस्तीस्क भरी सवाल खडा भए। भूपूले राम्रो सबक
सिकाई क्या हो ! मैले जिस्काउँदै अघि थपें।
त्यस्तै बुझ! ऊ सन्कीदै
बोल्छ।यसै त क्लास मेड।उसलाई मैले यति नजीकबाट चिनेको छु उसको सन्काईले मलाई
खास्सै फरक पार्दैन।म याद गर्छु— अमेरीकी ईङ्लीस भाषाको माहोल बिचमा दुईमात्र
नेपालीमा झुण्डी रहन सहज वातावरण थिएन।खाना चाँडो खायौं। बाहिर जाने हैन? उसैले सानो आवाजमा सोध्यो।मैले उसको कुरामा
महमतिको मुन्टो हल्लाएँ।
विहे पछी पनि उस्तै छ
केटो। ऊ मलाई जिस्काउँदै बोल्छ। होला-होला ,गफै गफमा दुवै हल
बाहीर निस्क्यौं।समरको चर्को गर्मीमा मैले गोजीबाट मार्लब्रो निकालेर मैले उसलाई
दिएँ।
“छोड्या छैनस्?” उसले प्रश्न
गर्यो। “धेरै पल्ट छाडें..” मुसुक्क हाँस्दै म। उसले सोध्यो,तर यो चाहीं? “आई क्वीट
स्मोकीगं मेनी टाईम्स..भन्ने भनाई सुन्या छैन।”
मुन्टो हल्लाउँदै ऊ बोल्छ
“केटो उस्तै छ, जस्तो हिजो थियो।” साथै
लाईटर पनि दिएँ।उसले चुरोट सल्कायो। मैले पनि आफ्नो सल्काएँ।धुवाँको बादलसंगै गफ
गर्यौं।
“गर्ल फ्रेण्डको नाम?” धुँवाको वादल विच मैले उत्सुक्ता
दर्शाएँ।ऊ असहज मान्दै बोल्छ—
“गर्ल फ्रेण्ड हैन साथी
मात्र!” म पनि आफ्नो लाईन सच्याउँछु “साथीको नाम—?”
“खुशी!”
यस्तै अरु केही भन्न
खोज्दै हुन्छ। मैले थपें- त्यही केटीको प्रेम पछी तँ परिवर्तन भईस्? केटी कस्ती रहीछ जसले तेरो जिवनमा भुकम्प ल्याई, हाहा..म मज्जाले हाँसे।
“भयो! धेरै नहाँस पनि..” ऊ मेरो शब्दको विरोध गर्दै बोल्छ। उसंगको गफले
म ईन्स्युरेन्स कम्पनीको कन्भेन्सनमा छु र ग्राहकलाई कसरी प्रोडक बेची आफ्नो कमाई
गर्न सक्छु भन्ने पनि विर्सी रहेको थिएँ।
“समर अफ लास्ट ईयर..” नविनले
कथा सुरु गर्न लाग्दा म बोल्छु, नेपाली मै
भन्न।ओके,
ऊ भाषा परिवर्तन गर्छ।
नमस्ते रेस्टुरेन्ट, लोकेसन न्यसुयोर्क सिटी।अघिल्लो
सालको समर सिजन, त्यस साँझ विहेको
रिसीप्सन पार्टीमा भेट भएको थियो। “को खुशीसंग?” म बडो उत्सुकताले सोध्छु।
“हैन, संगीतासंग!”
“को हुन् संगीता?” म अधैर्य बन्दै बिचमा सोध्छु।किनकी उसको कुरा
नै कन्फ्युज थियो।
“खुशीकी दिदी!”
“अरे,अनी?” म बिचमा बोल्छु। रिसीप्सन पार्टीमा आएका
सोल्टीनीहरुसंग प्राय केटाहरु जिस्कने, हल्ला गर्ने
रमाईलो नाच्ने, गफगाफ गर्ने भई रहेको
थियो।बडो रमाईलो साँझ थियो।
तँ चाँही खुशीलाई हन्ट
गर्न खोज्दै थिईस्? मेरो भनाईमा मुसुक्क
हाँस्दै ऊ बोल्छ, खुशीको विहेको रिसीप्सन
थियो त्यो दिन।अरे म.. फेरी उसको सस्पेन्समा फँस्छु।
रेस्टुरेन्टको उक्त
रिसीप्सनीस्टमा बेहुला र बेहुलीलाई बधाई दिंदै आउने जाने फोटो लिई रहेका थिए।म राज
र अमित सोल्टीनीहरुसंग जिस्की रहेका थियौं। “राज अमित?” म अलमल्ल पर्दै सोध्छु।अमेरीका आईकन बानाएका
साथी।तँ चिन्दैनस्! ऊ मलाई आफ्ना जिग्रीका नाम परिचय गराउँदै जान्छ।
“शान्ता टुप्लुक्क आई
पुगी!”
“ओ गड..” म विचमा बोल्छु।कारण शान्ता उसकी एक्स
गर्लफ्रेण्ड थिई। त्यस साँझ शान्ता यती राम्री भएर आएकी थिई मानौ यति मेकअप गरी ऊ
मेरी गर्ल फेण्ड हुँदा डेटमा पनि आउँदिन थिई।
अमित— “म चाँही यसलाई
लाईन मार्नु पर्यो” भन्दै थियो। राज र मैले “गुड लक ब्रोरो” भन्दै जिस्कायौं।
पेटीयोको त्यो बसाईमा थप
दुई अमेरीकन आए।नविन र म तिनीहरुको भावना बुझ्दै सभ्य तरीकाले अली वर सर्यौं ।त्यस
मध्ये एउटाले सिग्रेट सल्काउँदै भन्यो, “नाईस वेदर!”
“येस, आई विस् आई एम एट विच” अर्को बोल्छ। नविन र म दुवै मुसुक्क
हाँस्यौं ।एकक्षण रोक्कीयौं वरपर हेर्यौं साँच्चै समरको दिन रमाईलो थियो।
त्यस पछि ऊ आफ्नो हाततिर
हेर्दै बोल्छ, “यो त राम्रो नतानी
सिध्दीए छ, अर्को सिग्रेट झीक त केटो!” म ऊतिर मालब्रो पास गर्छु। “लाईटर?”
ला.. मेरो पनि सिग्रेट
सक्कीएको थियो तर अर्को सल्काउने मन थिएन।ऊ चाँही धुवाँको मुस्लो निकाल्दै बोल्छ- “तर
के भयो भन् त!”
“तर के?” म अधैर्य हुँदै
सोध्छु। त्यस पछी मलाई संगीतासंग जिस्कन अफ्ठ्यारो लागी रहेको थियो।तर ऊ तत्काल
ढोका तिर दौडेर गई। “को संगीता?”
“हैन,शान्ता!”
“तर किन?” थप सस्पेन्स
थपीन्छ। किनकी एक नयाँ जोडी
त्यहाँ उपस्थीत भएका थिए।शान्ता एउटा काम दिएको रहेछ। ऊ आउने गेस्टलाई ढोकामा स्वागत
गर्न भनी अराईएको रहेछ।अमित पनि विभिन्न बाहना बनाएर उतै दौडीयो।
हाहा हो र..धुवाँका
विचबाट म नविनको अनुहार हेर्छु, यती नै बेला उसले
घडी हेर्न भ्याउँछ। आधा घण्टाको लन्चको समय सक्की सकेको थियो।थैट खत्त भयो! भरे
प्रोग्राम सकेर रहल कथा भन्छु नी। दुवै हल भित्र आयौं।
कार्यक्रम पुन: चालु
भयो।अर्का वक्ता जोसेफ स्टेजमा आए। उही विषय, उही
ईन्स्युरन्सको प्रोडक बेच्ने, ग्राहक बढाउने
अदि कुरामा उनको विजीनेसको अनुभव सेयर गर्न लागे।नविन यस पाली मेरो नजीकको सिटमा
बसेको थियो।तर हलको आवाजले गफ गर्ने वातावरण थिएन।ऊ घरी घरी म तिर हेर्थ्यो। म पनि
सिटमा त थिएँ तर मन उसैले लगेको थियो।र त्यहाँ आँखा जुधाउनु बाहेक गफ गर्न मिल्ने
वातावरण नै थिएन।
मलाई विश्वासै भएको थिएन
त्यसैले सोची रहें, के कुराले यो मान्छे कसरी
परीवर्तन भयो ? समय कसरी उसका सामु आयो
होला? ऊ र संगीताका विचको कस्तो अफएयर थियो। सुन्नु ईच्छु
भएर प्रतिक्षा गरी रहें ।
स्टेज अघीबाट दिएको
प्रेजेन्टेसन जुन अरुचिकर थियो त्यही सुन्दै हाई काडी रहें।बल्ल कार्यक्रम सक्कियो
उसंगै लवि तिर हुँदै त्यही पेटीयो स्मोकीङ एरीयामा निस्कन्छौं।नविन त्यहीबाट
उठाउँछ जहाँ उसले लन्च विसाएको थियो। म संगीतालाई आफ्नो करीयरको गफ लाउँदै थिएँ। ऊ
बडो उत्सुकताले म तिर आकर्षीत भएकी थिई।र म पनि ऊ प्रती !जोडी जमे म अलि लङ्ग टर्म
सोची रहेको थिएँ।
“त्यो भनेको तिन महिना? या छ महिना? या कती?” म विचमा जिस्काई दिन्छु। “जोक नमार्न!” म अलि गहिराईको
कुरा गरी रहेको छु।हो कि क्या हो भन्ने गरी, ऊ गम्भीर
तरिकारले प्रस्तुत भयो।त्यस पल मैले पनि नविनको थोरै विश्वास लिएँ।
रिसीप्सनमा आएको एउटा
अध्वैंसे उमेरको व्यतीले मलाई अनौठो पाराले हेर्दै बोलायो, “सर यता आउनु होस् त!” मलाई यती सानो मान्छे
प्रतिको सम्बोधन सुनेर कस्तो अनौठो पनि लाग्यो।जे होस् म राज र अमितले नदेख्ने गरी
बातरुमको कुना तिर गएँ। “किन सर?” उनको जस्तै सम्बोधन सहित बोलें।ढोका अघि उभीएकी, निलो लेङ्गा लाउने ति बहिनीले यहाँलाई अघी देखी बाघका
आँखाले हेरी रहेकी छन्।
कोहो रहेछ म ढोका तिर
लम्कन्छु।अहिले त्यता नहेर्नु होला।कुनै पनि बेला झम्टन सक्छीन।मैले यहाँलाई
जानकारी मात्र गराएको हुँ।ति व्यक्ती सजक हुँदै बोल्दै थिए।
म तर्सीएँ सम्भवत निलो लेङ्गा
त शान्ताले मात्र लाएको थियो।मनमा चिसो पस्यो।उसले मलाई कोर्से आँखाले हेर्दै छे
भनी मेरो गफ सुन्न कसैलाई खटाएकी पनि त होला नी।एउटी सानी बहिनी संगीता र मेरो
नजीक बसेर दुईका विचको गफ सुनी रहीन।कतै तिनलाई शान्ताले पो खटाएको थियो कि? म अझ सशंकीत बन्छु।कहि नभएकी जासुस!
मलाई रिष उठ्छ।र फेरी
सोच्न थाल्छु, अपरिचीत पनि कहीले काहीं
मित्र जस्तै हुँदा रहेछन्। मलाई खबर गराउनु भएकोमा “थ्यागंक्यु सर!” ति व्यक्ती
उतै बातरुम तिर पसे।
“त्यस पछि भयो?” म रिसीप्सनमा
निस्कदा अमित थिएन।राजलाई सोध्दा थाहा नभएको कुरा बतायो।किन केटो गायब भयो भन्ने
मैले बुझ्न पनि थालीन, कारण म अरू नै कुराले
डिस्ट्राक भएको थिएँ। “अनि के भयो?”
शान्तालले आँखा भरी आँशु बनाउँदै संगीतालाई— “यो
मान्छे प्ले बई हो।यसले प्रतेक केटीसंग प्रेमको नाटक गरी ह्युज गर्छ र छाड्छ” भनि
सुनाई छ। “एउटा कुरा केटीको बानी तँलाई थाहा छ?” म उसलाई तर्साउँदै सोध्छु। यही कि एउटीले मेरो
व्यवहार थाहा पाए पछी, दश जनालाई सुनाउँछे।र
त्यो सुन्नेले उसका थप दश जनालाई !
शान्ताले त्यसरी नै मेरो
बद्नाम गरी।सानो गल्तीले खत्तम भयो।“सानो?”
“फन्नी, उसबेला हन्टीगङ
भन्दै हिँडीस् !अब त सहनै पर्यो नि।”
त्यस पछि— “के यो सत्य हो?” राजले म तिर हेरी
सोध्यो।म आवाक भएँ। बिहेको रिसीप्सनमा सयौंका अघी मेरो बेईजत भयो।शान्ताले तेरो
शिरमा बान्ता गरी।
एक क्षण सन्नाटा छाउँछ। त्यही समय मैले कल्पना
गरें— म त विजीनेस कन्भेन्सन आएको हुँ।नविनसंग मैले उसका कति प्रोडक बिक्री भए अनि
ग्राहक कतिको सन्तुस्टी छन् भन्ने ठाउँमा म के गरी रहेको छु।यसरी आपसी कुरामा
अल्झीने बानीले हामी कत्ती सम्म फल सेल्स पर्सन बन्न सक्छौं? तर यि विचार सिग्रेटको धुवाँ जसरी नै उदाङ्गो
आकाश तर्फ उडेर गए।
“खुशीलाई बाई पनि नभनी
निस्कीएँ।” नविन मतिर रुन्चे अनुहार लाएर बोल्छ।त्यस पल म सुनेर मात्र साथ दिन्छु।
फेरी उनै बोल्छ, “अहीले त म डुकु भएको छु यार!”
“हँ के हो त्यो डुकु?” म अक्मकिंदै
सोध्छु।
“डुलुवा कुकुर”
हा हा..
नविन तँ बोल्नमा फरेवर
उस्तै छस्। “अब गर्छस् त हन्टीङ?” म उसको सिक्रेट कोर्ड प्रयोग गर्छु! ऊ कान
समातेर बोल्छ, मलाई धेरै पछुतो छ। “आई
विल नेभर एभर डु!”
-
जे एन दाहाल
अमेरीका