जब दृस्टी सामु एउटा छाँया देख्छु त्यसैको आधारमा ऊ भनेर सम्बोधन गर्छु। ऊ सुस्तमान मनस्थितीको मान्छे। यहाँ म पानी देख्द छु , ऊ आगो भन्दछ । मैलिकता हैन स्थिति गत मान्दछ। यसरी नै म आफूले सधैँ टेक्ने धरातल हेर्द छु , ऊ नदेखिने आकाश ताक्दछ।
यसरी दोबाटोमा भेटिएका कयौ यात्री मध्ये एउटा छुट्टै, परीचित मान्छे तर अपरिचित व्यवहार । जो मलाई देख्ना साथ पराई ठान्दछ, पराई पनि आफन्त लाग्छ मलाई । म जसरी अभिव्यती राख्छु, ऊ त्यसरी नै ऊ नाटक प्रस्तुत गर्छ।म जोड्न खोज्छु ऊ टुक्रयाउन खोज्छ। तर मलाई यस्तो पात्र भेटिएकोमा अलिकती पनि अफ्सोच छैन । बरु ऊ म भएर रम्दै छ यसैमा खुशी लाग्छ।
म सृस्टी देखी रमाउछु ,ऊ रिसले चुर बन्छ। म विश्वासको बन्धनमा बाच्न चाहन्छु, ऊ अविश्वासको घेरा देखाउछ। म उसलाई सत्कार गर्छु ,ऊ मलाई बहिस्कार गर्छ। म फेरी उसलाई प्रेम गर्छु ऊ मलाई घृणा गर्छ। यसरी नै म सत्यवादी रहन्छु ऊ कलियुग हो भन्छ। यसरी बेफुर्सदी बोल्ने मान्छे एकै क्षणमा मौनतामा हराउछ। यो समयमा कसैको कुरा सुन्न मान्दैन।जीन्दगीको यो कस्तो पल हो ,साम्ने मै रहेको मान्छे संग पनि बोल्न मन नलाग्ने। यसै अचम्ममा परे। म ऊमा हैन, ऊमा रहेको व्यउहार देखी।
उल्लेखनीय कुरा त यस्तो छ कि मानसीक रुपमा सबल भएकाहरुलाई शाररीक अपांगता देखाएर दोस दिन्छ। ओछ्यान परेका रोगीहरुलाई रहरले सुतेको देख्द छ। डाक्टरले औषदी हैन पैसा कुम्ल्याउने, रहरमा नारीले जम्ल्या पाउने ।यस्तै कुरा गरी पूर्ण दिन उसले मुर्खतामा भिष्म प्रतिज्ञ लिई रहेछ। म कसरी संझाउ सास फेर्दा चल्ने धड्कनका प्रतेक सेकेन्ड भुलेर एक लब्ध भएर मिनेट गनी रहेछ। मानौ उसका लागी जीवन सेकेन्डबाट नभई मिनेटबाट चलीरहेछ।
म विवाहीत पुरुस हु तर उसका दोषी नजरले समलिंगी देख्छ। अनि भन्छ त प्यासी छस म भोको छु। यसरी नै म उठेकालाई बिउझाउछु ,ऊ सुतेकालाई तर्साउछ। अनी एक्कासी मेचबाट जुरुक्क उठ्छ , टेबुल छेउको कलम उठाउछ अनी ईशारा गर्दै भन्छ वास्तवमा त सर्जक होस, म लेखक हु। अनी संझन्छु हजुर सही हुनुहुन्छ।
म जीवन भोगाई, अनुभुती हो भन्छु। ऊ कैद हो जीवन भन्छ । आफूलाई सर्व श्रेस्ट मान्छ। म भावनालाई कदर गर्छु , सधै उच्च राख्छु। ऊ विचारलाई तिरस्कार गर्छ। म भूटानी साहित्य र शरणार्थी साहित्यमा फरक छ भन्छु ऊ छैन भन्छ । तर ल्याउछ यही स्थितीलाई अघि सार्दै, बन्दै अबुझ हासेर टार्दै। म यहाँ मौनताको जवाफ दिन्छु।ऊ भाषा नबुझेर भाग्द छ।