Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

हन्टीङ -दि सिक्रेट कोर्ड



ईन्सुरेन्स कम्पनीको एउटा कन्भेन्सनमा म पछील्तीरको बोन्चमा थिएँ।'हाई' भन्ने अर्थमा अघीबाट चिंनैझैं गरी एउटा हात हल्लीयो। मैले पछी बस्ने कसैलाई बोलाईएको होला भनी वास्ता गरीन।दुई मिनेट नवित्दै फेरी अघिबाट उही हात हल्लीयो र चोर औंलाका ईशाराले भन्यो— हैन, मैले यहाँलाई नै बोलाएको हो ।
  “मलाई?” म छक्क परें।तिनसय जना जती अँट्ने उक्त हलको कन्भेन्सनमा गएर बसेको मात्र छु।अघिबाट यसरी हात हल्लीन्छ भन्ने मेरो अपेक्षा थिएन।प्रोफेशनल कोट प्यन्टमा सजीएका वरबाट हेर्दा उस्तै देखीने भिंडको त्यो हात कुन हुनसक्छ। यति धेरै नयाँ अनुहारका बिच मलाई चिन्नेको रहेछ..?