अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणकोनाम पुनस् दोहोर्याएर पढेँ किनकि त्यसले नै मलाई काफी कौतुहल्ता दिलाई सकेको थियो। अङ्ग्रेजी साहित्यको कलिलो पाठक भएपनि बडो उत्सुकतासाथ कम्पनीको लन्च र ब्रेकसँगै पुस्तक हातमा समाई रहेँ । पन्ध्र दिनको लगातार पढाई सिध्याएर यसको समीक्षा लेख्न बसेको छु । यसैबीच मलाई पढ्दैगर्दा मनमा लागेका कुरा पेन्सीलले अन्डरलाइन गरी ती जिज्ञासा लेखकसँग साटिसकेको छु । ती केही कुरा यहाँ खोतल्ने छु ।
विषय प्रवेशः
लेखकीय भाषामा भन्दा स्वदेशबाट कथाको सुरुवात हुन्छ, गेलेफु जहाँ लेखकले आफ्नो बाल्यकाल बिताए । त्यो समयमा यस्तो चलन थियो, दाहिने हातले देब्रे कान र देब्रे हातले दाहिने छुन सफल भए पछि मात्र स्कुल लागाउने गरिन्थ्यो । सम्भवत यो चलन चल्ली भूटानमा मात्र थियो ।
‘डबल सिटीजन कार्डस् एण्ड नो स्टेट’ शीर्षकमा पृष्ठ नम्बर ९ मा एउटा प्रसङ्ग छ । उनले पढ्ने याङ्ग्चेन्फु हाई स्कुलमा प्रिन्सिपलले परीक्षाका लागि सिटिजन कार्डमा (भूटानी नागरिक्ताको प्रमाणपत्र) भएकै विवरण फारममा भर्नु भनिएको थियो । उनले आफूसँग सिटीजन कार्ड नभएको र डिस्ट्रीक अफिस (जिल्ला कार्यालय) बाट अझै सिटीजन कार्ड नपाएको कुरा सुनाए । कसैले मोतीथाङ् इमिग्रेसन डिपार्टमेन्ट जाँदा त्यहाँ मिल्छ भने पछि ढोका ढक्ढक्याउन पुग्छन् ।
सोही विवरण बताएपछि इमिग्रेसनले सिटीजन कार्ड बनाइदिन्छ । पछि गेलेफू फर्किएपछि थाहा हुन्छ गाउँमा उनको अर्को सिटिजन कार्ड दिइसकेको हुन्छ । त्यो समयमा यसरी एउटै व्यक्तिका दुई भिन्नभिन्नै दर्ता नम्बरसहित सिटिजन पाउनु चानचुने कुरो होइन । यो पुस्तकको सुरुवातकै रोचक प्रसङ्ग हो ।
click here for details