यो घर कस्तो छ ?
यी झ्याल, भित्ता र ढोकाहरू
आ-आफ्नै कुरामा जिद्दी गर्छन्
रुन्छन्, कराउँछन् र घुर्क्याउँछन
कहिले मलाई लज्जित गराउँछन्
कहिले मेरो बेयईज्जत गराउँछन्
मलाई लाग्थ्यो सब रुझाएको छु
पर्दा भित्रको वास्तविकता बुझाएको छु
तर लागेको नहुँदो रहेछ
जे हुन्छ, त्यसले पो लाग्दो रहेछ।
यी वस्तुहरू जोडिए पछि
एउटा सुन्दर रूप निर्माण हुनु पर्ने हो
प्रत्यक्ष दृश्य सृजना हुनु पर्ने तर
थाहा नपाई भित्र-भित्रै
कुरूप बनी रहेको हुँदो रहेछ!
क्षणभरमा हुन्छ, फुट्ने या जुट्ने
पानी यी स-साना फोकाहरू
उस्तै छन् यी झ्याल,भित्ता र ढोकाहरू।
मेरो व्यक्तिगत संवाद हुन्छ
छुट्टै कोठा, चुला र मन्दिरमा तर
आँखामा अझै नयाँ दृश्य आउँदैन
उही पुरानै बहाना, पुरानै गनथन र
मनगणन्ते कुराको क्रमीकता दोहोरिन्छ
म मस्तिष्क भरी लोनको भुक्तानी संझदै
सोच्न थाल्छु— आखिर भित्ता र त्यससँगै टाँसिएका
ढोका र झ्यालको स्थिति यस्तो छ !
यो घरको जग कस्तो छ?
publish on Bhutaneseliterature.com
Popular Posts
- 
ईन्सुरेन्स कम्पनीको एउटा कन्भेन्सनमा म पछील्तीरको बोन्चमा थिएँ। ' हाई ' भन्ने अर्थमा अघीबाट चिंनैझैं गरी एउटा हात हल्लीयो। मै...
 - 
अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणकोनाम...
 - 
जब दृस्टी सामु एउटा छाँया देख्छु त्यसैको आधारमा ऊ भनेर सम्बोधन गर्छु। ऊ सुस्तमान मनस्थितीको मान्छे। यहाँ म पानी देख्द छु , ऊ आगो भन्दछ । ...
 
Contact Form
About Me
- Unknown
 
